बैतडी टिप्पर दुर्घटना अपडेट : सहचालक दयालको मृत्यु

दार्चुला-  बैतडीको लामालेकमा टिप्पर दुर्घटना परेर घाइते भएका सहचालकको मृत्यु भएको छ । मेलौलीबाट पाटन तर्फ आइरहेको सुप्रप ०१००१ क २३९४ नम्बरको टिप्पर दुर्घटना परेर मेलौली १ का १९ बर्षीय रोहित दयालको घटनास्थलमै मृत्यु भएको हो । टिप्पर दुर्घटना परेर घाइते भएका सहचालक दयालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले जानकारी दिए ।

उनका अनुसार टिप्पर दुर्घटना हुँदा उनि च्यापिएर उद्धारमा कठिनाइ भैरहेको थियो । जेसिबी मगाएर उद्धार गर्दा उनि मृत फेला परेका हुन् । उद्धारमा ढिलाई हुँदा रोहितले ज्यान गुमाउनु परेको स्थानीयहरुको भनाई छ । टिप्पर लामालेक हतरंगा जाने सडकको जिरो प्वाइन्ट नजिक बिहीवार बिहान साढे ८ बजे दुर्घटनामा परेको थियो । टिप्पर सडकबाट ५० मिटर तल खसेको उनले बताए ।

चालक मेलौली १ का २४ बर्षीय गम्भीर टमटालाई सामान्य चोट रहेको र उनि अहिले प्रहरीको नियन्त्रणमा छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन् । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.