राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिममा सत्ता गठबन्धनको कब्जा

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सुदूरपश्चिममा मतदान सम्पन्न, सत्तागठबन्धनद्वारा सिट कब्जा, दुई जना जनप्रतिनिधि भने अनुपस्थित

काठमाडौं- राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सुदूरपश्चिमको मतदान सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा सत्तागठबन्धनबाट महिलातर्फ रेनु चन्द , अपांगतर्फ नारायणदत्त भट्ट र अन्य तर्फ बलदेव बोहरा निर्वाचित हुनुभएको छ ।

त्यस्तै मतदानमा स्थानीय तहका दुई जना जनप्रतिनिधिले भाग नलिएको जनाइएको छ ।

विहिबार विहान ९ बजेदेखि शुरु भएको मतदानमा धनगढी नगर प्रमुख गोपाल हमाल र भजनी नगरपालिकाकी उपप्रमुख राजु तिरुवाले मतदान नगरेको जनाइएको हो ।

मतदानको समय ३ बजेसम्म रहदा समेत नगर प्रमुख हमाल र उपप्रमुख तिरुवाले सहभागि नभएको जनाइएको छ । नगर प्रमुख हमाल स्वतन्त्रबाट निर्वाचित हुनुहुन्छ भने तिरुवा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित हुनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.