दार्चुलाको शैल्यशिखर–६ का वडाध्यक्ष धामी ६ महिनादेखि विरामी, उपचारमा समस्या

दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिका–६ का वडाध्यक्ष जगदीश सिंह धामी विगत ६ महिनादेखि विरामी रहेका छन ।

शैल्यशिखर -६ मिलिमिलिमा जन्मेका धामी अहिले ३५ वर्षका भए । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष धामीलाई मेरुदण्डमा मसस्या आएको हो । यसकै उपचारका लागि पछिल्लो ६ महिनादेखि धामी अस्पताल धाइरहेका छन् । उहाँको उपचारमा हाल सम्म ३३ लाख खर्च भैसकेको छ।

अस्पतालको बेडमा दैनिकी बिताइरहेका वडाध्यक्षले उपचारकै लागि आर्थिक संकटको सामना गर्नु परेको छ ।अहिलेसम्म ६ पटक मेरुदण्डको शल्याक्रिया गराएका वडाध्यक्ष धामीको अझै थप पैसा लाग्ने उहाँका भाइ नवीन धामीले जानकारी दिए।

सामान्य गरिब परिवारमा जन्मेका धामी २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस बाट वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो । भएको पैसा सबै सकियो उहाँको थप उपचारको लागि पैसाको निक्कै समस्या परेको उहाँका भाइ नवीन धामीले बताए।

धामीले मेरुदण्डको उपचार दार्चुलाबाटै सुरु गर्नु भएको थियो । त्यसपछि धनगढीका अस्पतालमा समेत उपचार गरेका धामी अहिले चितवनको सिएमसी मेडिकल कलेजमा उपचाररत हुनुहुन्छ ।

 

जनप्रतिनिधि भएपनि शैल्यशिखर नगरपालिका लाई पटकपटक आर्थिक सहयोगको लागि मौखिक रुपमा आग्रह गरेको भएपनी नगरपालिकाले अहिले सम्म कुनै सहयोग नगरेको र वास्ता समेत नगरेको वडाध्यक्ष धामीले गुनासो गर्नुभयो ।

उहाँको आफ्नो पार्टीमा समेत समस्या राख्दा कसैले पनि मतलब नै नगरेको वडाअध्यक्ष धामीले बताए ।
धामीको उपचारका लागि सहज होस भनी दार्चुलाको रेडियो लिपुलेकका प्रबन्ध निर्देशक गणेश सिंह धामीले सामाजिक संजाल बाट आर्थिक अभियान रकम संकलन गरिरहेका छन।

देश विदेशमा रहेका साथिभाई, आफन्तबाट आर्थिक सहयोग संकलन भइरहेको पत्रकार धामीले जानकारी दिनु भयो।

वडाध्यक्ष धामीले देश बिदेशमा रहनुहुने सबैसँग उपचारमा सहयोग गरिदिन भनि अपिलसमेत गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.