बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसमा मनाइँयो शहीद दिवस
बैतडीकै डेलेश्वरी नमुना माध्यमिक विद्यालय हाटले पनि विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको छ ।
दार्चुला– बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसमा शहिद दिवस मनाइएको छ । पुर्चौडी नगरपालिकामा रहेको पुर्चौडी बहुमुखी क्याम्पसले आज विभिन्न कार्याक्रम गरी शहिद दिवस मनाइएको हो ।
औपचारिक कार्यक्रमका साभापति बिएड चौँथो वर्षमा अध्यानरत छात्रा धनमति कुँवर रहनुभएको थियो भने, प्रमुख अथिति क्याम्पस प्रमुख रामदत्त जोशी रहनु भएको थियो । यस्तै कार्यक्रममा सहायक क्याम्पस प्रमुख विनोद सिंह भण्डारी, साहायक प्रमुख गोबिन्द अवस्थी विशिष्ट अथिति रहेको शिक्षक पारस भट्टले जानकारी दिए।
बैतडीकै डेलेश्वरी नमुना माध्यमिक विद्यालय हाटले पनि विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको छ ।
शहीदहरुको योगदान शिर्षकमा १५ जना विद्यार्थीहरुबीच कबिता प्रतियोगिता आयोजना गरिएको थियो । जसमा कक्षा ७ मा अध्यानरत छात्र विवेक लुहार प्रथम कक्षा १२ मा अध्यानरत छात्रा कोपिला जोशी द्वितीय सोहि कक्षामा अध्यानरत शान्ति जोशीले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । प्रथम, द्वितीय, तृतीय, हुने विद्यार्थीहरुलाई सम्मानपत्र सहित पुरस्कार उपलब्ध गराइएको छ । दिवसमा शिक्षक विद्यार्थीहरुले शहीदहरुको तस्बिरमा माल्यार्पण गर्दै सद्धासुमन व्याक्त गरेका थिए ।