काठमाडौं- अत्तरिया महोत्सवमा भेटिएका नक्कली ठेली को छानबिन अब कानुनी बाटोमा गएको छ ।
महोत्सव आयोजक अत्तरिया उधोग बाणिज्य संघले मंगलबार उक्त प्रकरणमा दुई जना विरुद्ध किटानी जाहेरी दर्ता गरेको थियो ।
संघले सचिब दिलिप कुमार साउँद दिपिनु र टिकट काट्ने जिम्मा पाएको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका (स्वबियु) सभापति भुबन महरा विरुद्ध उजुरी दिएको हो । उजुरी दिएपछि अदालत ले दुबै जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमती दिएको कैलाली प्रहरी प्रबक्ता डिएसपी कुलदिप चन्दले बताए ।
पुष २६ गते देखि शुरु भएको महोत्सवमा नक्कली ठेली छपाएर टिकटमा प्रयोग गरि आर्तिक अनियमितता गरेको भन्दै संघले शुरुमा छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएको थियो ।
तर प्रशासनले प्रहरीलाई अनुसन्धान गर्ने जिम्मा दिएको थियो। महोत्सव को आठौं दिनमा संघ कै महासचिव शंकर खड्काले नक्कली टिकटका ठेली बरामद गरेका थिए ।