काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारले फागुन २३ /२४ गते आयोजना गर्न लागिएको लगानी तथा विकास सम्मेलन नहुने भएको छ ।
सम्मेलनको तयारी नपुग्ने भन्दै मुख्यमन्त्री तथा परिषद्को माघ १२ गते बसेको बैठकले तत्कालको लागि सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो ।
सम्मेलनका कार्यकारी समितिका सदस्य नृप सुनारले तयारी नपुग्ने भएको हुँदा आउँदो वर्ष २०८१ असोज २१ /२२ गते आयोजना गर्ने गरी मिति सारिएको जानकारी दिए ।
पछिल्लो समय लगानी सम्मेलनको विरोध हुँदै आएको थियो । प्रदेश सभामा पनि सांसदहरुले सम्मेलनको विरोध गर्दै आएका थिए ।