नेपाललाई घातक बन्दै सचिन र उदयको साझेदारी

काठमाडौं- भारतका कप्तान उदय सहारान र सचिन दासले आईसीसी यू–१९ विश्वकपमा नेपालविरुद्ध उत्कृष्ट शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका छन् ।

टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ३९ ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको छ ।भारतका सचिन दास ७४ बलमा ७ चौका र २ छक्कासहित ७८ रनमा क्रिजमा छन् । त्यस्तै उदय सहारान ७६ बलमा ६ चौकासहित ६४ रनमा खेलेका छन् ।

चौथो विकेटका लागि सचिन र उदयले १४८ रनको साझेदारी गरि सकेका छन् । नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर गुल्शन झाले दिलाएका थिए । गुलशनले पाँचौं ओभरको पहिलो बलमा भारतका ओपनर आदर्श सिंहलाई २१ रनमा उत्तम थापामगरबाट क्याच आउट गराएका थिए ।

तीव्र गतिका बलर आकाश चन्दको १४ औं ओभरको अन्तिम बलमा ओपनर आर्शिन कुलकर्णी आउट साइड एज लागेर विकेटकिपर उत्तम थापामगरबाट क्याच आउट भए । उनले ३० बलमा २ चौका प्रहार गरे ।

त्यसअघि वाइड हुनु अघि नेपालले १४ औं ओभरको पाँचौं बलमा रन आउटको रुपमा विकेट प्राप्त गरेको थियो । प्रियान्शु मोलियालाई १६ रनमा रन आउट गरेको थियो ।

Leave A Reply

Your email address will not be published.