मध्यपहाडी लोकमार्ग यात्रा ओलीको डकुमेन्ट्री मात्रै : सहमहामन्त्री आङ्देम्बे

दार्चुला- नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रीत यात्रा केपी ओलीको डकुमेन्ट्री मात्रै भएको बताउनुभएको छ ।

शुक्रवार नेपाल प्रेस युनियन दार्चुलाले आयोजना गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री आङ्देम्बेले एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’ पार्टी अध्यक्ष केपी शर्मा ओलीको डकुमेन्ट्री भएको बताउनुभएको हो ।

तामझामका साथ सुरु भएको एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रामा सीमित जनता समेटिएको र भीडभाडका साथ ओलीको उपस्थिति मात्रै झल्किएको उनले बताए ।

उनले भने– ̔त्यो यात्रा केपी ओलीको डकुमेन्ट्री स्वरुप फोटो खिच्ने दौडिने र सीमित जनता समेट्ने मात्रै भयो । ̓
सहमहामन्त्री आङ्देम्बेले नेपाली काँग्रेसले सुरु गरेको ̔समुदायमा काँग्रेस अभियान भुईमान्छेका समस्या र गुनासा सुन्ने उद्धेश्यको रहेको भन्दै यसबाट जाँगरण र परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।

साथै उनले काँग्रेसको यो अभियान भीडसँगको कार्यक्रम नभई जनतासँगको कार्यक्रम भएको स्पष्ट पारे ।

अर्को प्रसंगमा बोल्दै सहमहामन्त्री आङ्देम्बेले अन्य दलले निर्वाचनलाई मिसन बनाउँदा यो हबिगत भएको स्मरण गर्दै नेपाली काँग्रेसले अध्यावधिक निर्वाचनलाई मिसन नबनाई जनताका माग र समस्यालाई मिसन बनाएको बताए ।

Leave A Reply

Your email address will not be published.