डडेलधुरामा निस्सासियर सासू बुहारीको मृत्यु

काठमाडौं – डडेल्धुरामा धुवाँले निस्सासिएर दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ मालमकि ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।

बिहान बेहोस भेटिएका उनीहरूलाई डडेल्धुरा अस्पताल ल्याइएकोमा अस्पतालले मृत घोषणा गरिसकेको प्रहरी निरीक्षक नायकले बताए ।

उनका अनुसार मृतक दुबै सासू-बुहारी हुन् । कोठामा आगो बालेर झ्याल-ढोका बन्द गरी सुतेको कारणले निस्सासिएर मृत्यु भएको अनुमान गरिएको छ

Leave A Reply

Your email address will not be published.