भारतको दिल्लीमा अछामकी महिला मृत फेला

दार्चुला  – भारतको दिल्लीमा अछामकी एक महिला मृत फेला परेकी छिन्। मंगलबार अछामको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लाकी चैतीदेवी साउद मृत फेला परेकी हुन्। दिल्लीको छतरपुरमा बस्दै आएकी उनका श्रीमानलाई अर्जुन साउदलाई हत्या आशंकामा पक्राउ गरिएको छ। राति रक्सी सेवन गरी घाटीमा धारिलो चक्कु प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोप उनीमाथि लागेको छ।
मृतकका श्रीमान साउदको अर्कै महिलासँग रहेको सम्बन्धका कारण पारिवारिक झै झगडा हुने गरेको सामाजिक अभियानकर्ता तिलक रावलले जानकारी दिनुभयो । महिलाको शव दिल्लीको सत्रजङ्ग अस्पतालमा रहेको उनले बतानुभयो । मृतक महिलाका २ छोरा र १ छोरी रहेका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.