शैल्यशिखर–५ का वडाध्यक्षले लेखापाललाई धम्की दिएपछि…(अडियोसहित)

काठमाडौं– दार्चुलाको शैल्यशिखर नगरपालिका–५ का वडाध्यक्ष जनक सिंह डागाले नगरपालिकामा कार्यरत लेखापाल बिजय विष्टलाई ज्यान मार्ने धम्कीसहितको अडियो बाहिरिएको छ ।

नगरपालिकाका लेखापाललाई फर्जी बिलको समेत भुत्तानी गर्नुपर्छ नत्र कुटपिट गरेर मारीदिन्छु भनी वडा अध्यक्ष डागाले धम्की दिएको लेखापाल बिष्टको भनाई छ। वडाध्यक्षले नै कर्मचारीसँग यस्तो हर्कत गरेको भन्दै वडाध्यक्ष डागाको आलोचना भईरहेको छ ।

मालिकार्जुनखबरलाई प्राप्त ४ मिनेट ३४ सेकेन्ड लामो अडियोमा वडाध्यक्ष डागाले लेखापाललाई ‘भोलिदेखि शैल्यशिखरको चेक नकाटिस है, विजय जी चेक काट्यो भने मारि दिउला’ र ‘लेखामा आएर सल्लाह नगर्ने, लेखामा आएर काम नगरि हुने हो र म मारि दिउला’ तेरो कार्यालय मा वडा नम्बर -५ को अध्यक्षको ताल्चा लाग्छ जस्ता शब्द प्रयोग गरेको पाइएको छ ।

वडाध्यक्षलाई हामीले बुझ्न खोज्दा उनले नगरपालिकाको कर्मचारी भईसकेपछि जनताको काम गर्नुपर्छ भनेको स्वीकार्दै लेखापाललाई धम्की नदिएको दाबी गरे । लेखापाल बिस्टका अनुसार नगरपालिकामा कार्यरत केही ब्यक्ती र केहि युवाहरु करिब राती ८ः४५ को समयमा रक्सी पिएर मार्ने उद्धेश्यले आफ्नो निवासमा आएको आरोप लगाएका छन ।

यसरी लेखापाललाई मध्यराति घरमै गएर धम्काएको घट्नाको उजुरी हाकिमको टेबलमा पुगेको छ। लेखापाल बिष्टले मध्यराति घरमा गएर धम्काउने, कुटपिट गर्ने जस्ता क्रियाकलापले ज्यान जोखिममा रहेको भन्दै आवश्यक कारबाहिको लागि प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिहं धामीलाई निवेदन समेत दिएको बताएका छन। खुल्ला रुपमा ज्यानमार्ने धम्की आएपछि आफुलाई काम गर्न र ज्यान जोगाउननै समस्या भएको भन्दै कार्यालय छोडेर आफू बाहिर रहेको लेखापाल बिस्टले बताए । यस विषयमा नगरको नेतत्व लाई पटक पटक भन्दा पनि कुनै चासो नदेखाएको लेखापाल बिस्टको भनाई छ।

Leave A Reply

Your email address will not be published.