दार्चुलामा जडीबुटीसहित जिप र चालक प्रहरीको फन्दामा

दार्चुला- दार्चुलामा जडीबुटी बरामद गरिएको छ। मार्मा गाउँपालिका–२ लटिनाथ स्थित चेक प्वाईन्टबाट अवैध रुपमा ल्याईरहेको ४ क्विन्टल ६२ किलो जडीबुटी पासणभेद मंगलवार साँझ प्रहरीले बरामद गरेको हो।

ईलाका प्रहरी कार्यालय लटिनाथ दार्चुलाबाट खटिएको प्रहरी टोलीले मार्मा गाउँपालिका–५ मुरैबाट लटिनाथ तर्फ आउदै गरेको म १ च ६८४ नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्ने क्रममा उक्त जडिबुटी फेला पारी नियन्त्रणमा लिएको बताएको छ। उक्त जडिबुटीसहित जिप र जिप चालक मार्मा गाउँपालिका–४ का३२ वर्षीय दिनेश बिष्टलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.