राजनीतिक र आर्थिक रूपमा जतिसुकै शक्तिशाली होस्, सरकारी जग्गा हडप्नेलाई दण्ड हुनुपर्छ : थापा

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले सरकारी जग्गा हडप्ने व्यक्ति राजनीतिक र आर्थिक रूपमा जतिसुकै शक्तिशाली भएपनि कारबाही गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद थापाले राजनीतिक र आर्थिक शक्ति हेरेर कानुन मिच्नेलाई सजायमा छुट दिन नहुने बताए ।

थापा सांसदहरूले घटना हेरेर आफ्नो धारणा बनाउन नहुने पनि थापाको भनाइ थियो । हामीले घटना हेरेर, प्रकरण हेरेर आफ्ना निर्णय र मतहरू बनाउनुहुँदैन । जोसुकै होस्, जतिसुकै शक्तिशाली होस्, राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति होस्, नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनु पर्दैन रु दण्ड पाउनु पर्दैन ?

थापाले भने,सुशासनको आजको दिनको मन्त्र भनेको कानुन, विधिको शासन चाहे जग्गा मिच्ने होस्, जग्गा हडप्ने होस्, चाहे नागरिकताको किर्ते गर्ने होस्, चाहे सहकारीमा ठग्ने होस्, यताको होस् कि उताको होस्, जुनसुकै दलको होस्, दलभन्दा बाहिरको होस्, जतिसुकै शक्तिशाली होस् कसैले पनि उन्मुक्ति पाउनुहुन्न ।

एउटा नेपाली नागरिकले जे गर्दा दण्ड पाउँछ शक्तिशालीलाई पनि कानुन त्यसरी नै लागु हुनुपर्छ । जुनसुकै अर्थमा पनि नेपाल सरकारले यो बाटो समात्दै गयो भने बल्ल विश्वासको वातावरण बनाउन सक्छ ।

राजनीतिक, पदीय वा आर्थिक शक्तिले कानुन कार्यान्वयनमा प्रभाव पार्न नहुने थापाको भनाइ थियो ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.