बैतडीमा विद्यालयबाट घर फर्किदै गरेका बालककाे मृत्यु

दार्चुला – बैतडीको दाेगडाकेदार गाउँपालिका -१ रिमका एक बालककाे मृत्यु भएको छ ।बेताल आधारभुत विद्यालय गाेरङमा कक्षा ४ मा अध्यारत १२ वर्षीय भुवन बिष्टकाे मृत्युु भएको हाे ।

दोगडाकेदार गाउँपालिका -१ मा रहेको पन्चदेव महानन्द माद्यमिक विद्यालयकाे वार्षिक उत्सव हेरेर घर फर्किने बेला बीच बाटोमै विष्टको मृत्यृ भएको स्थानीय लाेकेन्द्र बिष्टले जानकारी दिए ।

घटना बारे अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.