काठमाडौं- स्पिनरहरुको प्रेरणादायी प्रदर्शनमा नेपालले क्यानाडाविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।
त्रिवि मैदानमा भएको खेलमा सहज जिततर्फ लम्किरहेको क्यानाडालाई नेपालले ७ रनले स्तब्ध तुल्यायो । क्यानडाले २८ रनका लागि आफ्ना अन्तिम ६ विकेट गुमाएको थियो ।