संघियता कार्यान्वयन गरौ होइन भने खारेज गरौं : मन्त्री रमेश धामी

Krishna

काठमाडौं– सुदुरपश्चिम प्रदेश सरकारका उधोग, पर्यटन, बन तथा बाताबरण मन्त्री रमेश धामीले संघियता कि त कार्यान्वयन हुनुपर्ने नभए खारेज हुनुपर्ने बताएका छन । नेपाल उधोग बाणिज्य महासंघ, सुदुरपश्चिम प्रदेश को सातौं प्रदेश सभालाई शुक्रबार धनगढीमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

देशमा संघियता लागु भएको छ तर कसैलाई मन परेको छैन । नियम कानुन केही पनि छैन । कि संघियता कार्यान्वयन गरौ होइन भने खारेज गरौ । यसको कार्यान्वयन को लागि सबै लागौँ।उनले सुदुरपश्चिममा प्रदेश सरकारको औधोगिक क्षेत्र नभएको स्विकार गर्दै भने, केन्द्र सरकारले घोषणा गरेका औद्योगिक क्षेत्रहरु पनि भद्रगोल अबस्थामा रहेका छन् । डुडेझारी ,लालपुर र दैजी कसलाई औधोगिक क्षेत्र बनाउने हो संघ ले टुंग्याउने पर्ने भयो यँहा त तानातान छ ।

मन्त्री धामीले औधोगिक क्षेत्र घोषणा को लागि घोषणा होइन कि हाम्रै जिबनकालमा उधोग खोल्ने गरि काम गर्नु पर्ने बताए । उनले उधोग बाणिज्य संघको जारी प्रदेश अधिबेशनले औधोगिक क्षेत्र कहाँ राख्ने हो तथ्य सहितको सुझाब दिनुपर्ने माग गरे । यस्तै धामीले अहिले को आर्थिक संकट बाट मुक्ति पाउन सबैले ईमानदार भएर काम गर्नुपर्ने बताए ।

कर कसले तिर्नुपर्छ , कसले ठग्ने गरेको छ । यहाँ उपस्तिथि सबैलाई थाहा छ । खाली नेताहरूलाई मात्रै गाली गरेर हुंदैन । नेताहरूलाई चोरी भ्रष्टाचार गर्न सिकाउने ब्यबसायी नै हुन । देशमा भएको पैसा कहाँ गयो भनेर नेताहरु तिर फर्केर केही हुने वाला छैन मन्त्री धामी ले भने ।

यस्तै मन्त्री धामीले सुदुरपश्चिम प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलन निजि क्षेत्रका ब्यबसायीहरु को सर सल्लाहमा सारिएको बताए । उनले असोज २१ र २२ गते यहाँ हुने लगानी सम्मेलन को बिशेश महत्त्व रहेको समेत जिकिर गरे ।

Leave A Reply

Your email address will not be published.