डीआईजी अर्जुन चन्दको प्रदेश समन्वय विभागमा सरूवा

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दको सरूवा भएको छ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार डिआइजी चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरूवा गरेका हुन्। उनको काज सरूवा भएको हो।

माघ १२ गते विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तान र विमानस्थलमा जाँचका लागि खटिएका प्रहरीहरूबीच हातपात भएको थियो।

विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरीबीच भएको हातपातको घटनापछि चन्द असन्तुष्ट थिए। असन्तुष्ट भएपछि राजीनामा दिएका चन्दलाई आइजिपी बसन्तबहादुर कुँवर र एआइजीहरूले सम्पर्क गरेका थिए।

प्रधान कार्यालय मानव स्रोत विभागले उनको राजीनामा फिर्ता गरेको थियो। उनलाई १० दिनका लागि बिदामा बस्न भनेको थियो।

त्यसैबीच गृह मन्त्रालयले चन्दको काज सरूवा गरेको हो। हाल उनी सरूवा भएको प्रदेश समन्वय विभागमा एआइजी सुदीप गिरी प्रमुख छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.