नक्कली टीकट प्रकरणः उद्योग वाणिज्य संघका वर्तमान र निवर्तमान अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

खाेप
HEALTH

काठमाडौं– कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका वर्तमान र निवर्तमान अध्यक्षको नाममा पक्राउ पुर्जी जारी भएको छ।

संघका वर्तमान अध्यक्ष कल्याणसिंह बोहरा र निवर्तमान अध्यक्ष अशोकराज देवकोटाको नाममा पक्राउ पुर्जी जारी भएको हो। अनुसन्धान कार्य प्रभावित बन्ने भन्दै कैलाली प्रहरीले यो विषयलाई गोप्य राखेको छ।

आत्महत्या
Susite

अत्तरियामा आयोजना गरिएको महोत्सवमा नक्कली टीकट ठेली प्रकरणमा यसअघि संघकै महासिचव, सचिव, कार्यसमिति सदस्य दुर्गालक्ष्मी बहुमुखि क्याम्पसका स्ववियु सभापति गरी चार जनाको नाममा पक्राउ पुर्जी जारी भएर अहिले उनीहरु प्रहरी हिरासतमा छन्।

उनीहरु चारै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी देबेन्द्रबहादुर पाललले बताए। तर उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहरा र निवर्तमान अध्यक्ष अशोकराज देवकोटाको पक्राउ पुर्जीका विषयमा भने एसपी पालले खुलाउन चाहेका छैनन्। ‘पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको छ।’

एसपी पालले वर्तमान अध्यक्ष र निर्वतमान अध्यक्ष पक्राउ पुर्जी जारीको विषयमा भने आफुलाई जानकारी नभएको बताएका छन्। नक्कली टीकट ठेली प्रकरणमा प्रहरीले अनुसन्धान भने जारी राखेको छ।

यसअघि संघका महासचिव शंकर खड्का, सचिव दिलिपकुमार साउँद, कार्यसमिति सदस्य बमबहादुर बोगटी र महोत्सवमा टिकट काट्ने जिम्मा पाएको संस्था दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाका स्ववियु सभापति भुवन महरा अहिले प्रहरी हिरासतमै छन्। दिनेशखबर

खाेप
LAGU AAUSHAD
KHOP
Leave A Reply

Your email address will not be published.