सुदूरपश्चिमान्चल एकेडेमी कलेजका प्राध्यापक पक्राउ, ‘टुर’मा दुर्व्यवहार गरेको आरोप

काठमाडौं– धनगढीस्थित सुदूरपश्चिमान्चल एकेडेमी (एसपीए) कलेजका एक प्राध्यापक पक्राउ परेका छन्। हिजो (शनिबार) बीएचएम प्रोग्रामका कोर्डिनेटरसमेत रहेका अन्दाजी ३३ वर्षीय डिल्लीराज भण्डारीलाई कैलाली प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दका अनुसार क्याम्पसमा अध्ययनरत एक छात्रामाथि यौन दुर्ववहार गरेको आरोपमा भण्डारीलाई समातिएको हो। क्याम्पसबाट मनकामनाका लागि शैक्षिक भ्रमणमा गएर फर्केने क्रममा बसभित्र भण्डारीले छात्रालाई दुर्ववहार गरेको आरोप लागेको हो।

ती छात्राले भ्रमणका बेला बसभित्र आफूलाई गलत तरिकाले छोएर दुर्ववहार गरेको भन्दै क्याम्पसमा भनेपछि विवाद र विरोध भएको थियो। त्यसपछि हिजो प्रहरीले भण्डारीलाई समातेर थुनेको छ। यस्तै आज सो सम्बन्धमा छलफल गरिने प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.