चिनले तिंकर नाकामा कैलाश जाने तिर्थयात्रीलाई रोक्न थाल्यो: सांसद बडु

काठमाडौं– कांग्रेस सांसद एव पूर्वमन्त्री दीलेन्द्रप्रसाद बडूले तिंकर नाकामा चीनले कैलाश जाने तीर्थयात्रीलाई रोक्न थालेको गुनासो गरेका छन्।

आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले चीनले तिंकर नाकामा कैलाश जाने तीर्थयात्रीलाई रोक्न थालेको गुनासो गरेका हुन्। उनले भने,‘उत्तरी सीमानाकाको कुरा गर्नुपर्ने भयो।

कोरला नाकाको कुरा आएको छ, अन्यको आएन। तिंकर नाकामा पनि विगतमा पास लिएर आउजाउ गर्ने गरेकोमा पछिल्लो समय कैलाश तीर्थयात्रीलाई रोक्न थालिएको छ।’

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.