धनगढीको एक गोठमा आगलागी

काठमाडौं- धनगढीको एक गोठमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका- १५ उर्मा उत्तर टोलका पहिलाद रानाको गोठमा आईतवार राति आगलागी भएको हो।

आगलागी हुँदा गोठ भित्र रहेका पराल, काठपात लगायतका सामान गरि २५ हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। उक्त आगलागीबाट मानविय तथा चौपाया क्षति नभएको प्रह्रीले बताएको छ। उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.