यातायात व्यवस्था विभागका महानिर्देशक रिजाललाई कालोमोसो

काठमाडौं – यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ ।

सोमबार बिहान कार्यालय परिसरमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताले रिजालमाथि कालोमोसो दलेर दुर्व्यवहार गरेको हो । प्रहरी स्रोतका अनुसार रिजालमाथि निलो रंगको मसी छ्यापिएको छ ।

महानिर्देशक रिजालले सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको उनीहरुको आरोप छ । कालोमोसो दलिएकोबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.