प्रहरी हुँ भन्दै ठगी गर्ने पुर्चौडीकी एक महिला प्रहरीको फन्दामा

काठमाडौं– प्रहरी हुँ’ भन्दै ठगी गर्ने बैतडीकी एक युवती पक्राउ परेकी छिन्। ‘प्रहरी हुँ’ भनेर ठगेको आरोपमा पक्राउ पर्ने बैतडी पुर्चौडी नगरपालिका घर भएकी २४ वर्षीया अमिलाकुमारी साउद रहेकी छिन् । आफू प्रहरीको असईबाट सईमा प्रमोसन भएको बताउने आरोपीले लोभमा पारेर ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

प्रहरी वृत्त थानकोटले आरोपी विरुद्ध एक जनाले १ लाख ५० हजार ठगेको भन्दै जाहेरी दिएको जनाएको छ । काठमाडौँ महानगरपालिका–१४ स्थित नैकापमा बस्ने साउदको डेराबाट प्रहरीको युनिफर्म बरामद गरिएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायण अधिकारीले बताए। उनले राष्ट्रिय अनुसन्धानको जवानमा भर्ना गरिदिन्छु भनेर रकम लिएकी हुन्। घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.