दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिकामा एक चितुवा मृत फेला परेको छ । नगरपालिका–७ स्थित पुनेकोटमा चितुवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पाँच फिट लम्बाई एक फिट ८ इन्च चौडाई रहेको चितुवा मंगलबार मृत अबस्थामा भेटिएको डिभिजन वन कार्यालय गोकुलेश्वरका प्रमुख दुर्गा अवस्थीले जानकारी दिए ।
पानी पिउन आउँदा ट्याङकीमा खसेर चितुवा मरेको अनुमान गरिएको अवस्थीले बताईन् । अहिले मृत चितुवालाई चौलानी सब डिभिजन वन कार्यालय गोकुलेश्वरमा राखिएको र बिहीबार वन कार्यालय दार्चुलाका प्रमुख प्रमानन्द कुँवर, जनप्रतिनिधि, लगायतको उपस्थितिमा चितुवालाई गाडिने बताइएको छ ।