काठमाडौं– दार्चुलाको शैल्यशिखर नगरपालिकामा थप जिम्मेवारीसहित काम गरिरहेका प्रमुख प्रशासकिय अधिकृत पुष्कर सिंह धामीको जिम्मेवारी खोसिएको छ ।
नौगाड गाउँपालिकामा कार्यरत रहेका धामीलाई मंगलवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गर्दै शैल्यशिखरको जिम्मेवारी अन्त्य भएको जनाएको हो ।
प्रमुख प्रशासकिय अधिकृत धामीलाई २०८०/६ /२ गतेबाट शैल्यशिखर नगरपालिकाको थप जिम्मेवारी दिएकोमा बुवा मेयर भएको नगरपालिकामा प्रमुख प्रशासकिय बनेर छोरा धामी आएपछि आलोचना र विभिन्न टिकाटिप्णी भईरहेको थियो ।