दाङमा ड्युटीमा रहेकी एक महिला प्रहरीलाई आफ्नै श्रीमानले गाेली हानी हत्या

उनकै श्रीमान सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानी हत्या गरेको हाे

काठमाडौं –  दाङको घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ ।

घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी  धनमाया गुरुङमाथि बिहीवार बेलुकी गोली प्रहार भएको हो ।

उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

धनमाया माथि उनकै श्रीमान सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुबेर कडायत बताए । तालिम केन्द्र नेपालगञ्जमा कार्यरत यमबहादुर विहीबार घोराही आएका थिए ।

उनले धनमायामाथि तीन राउण्ड गोली प्रहार गरेको बताइएको छ ।घटनाबारे थप विवरण खुल्न बाँकी भएको र अनुसन्धान जारी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख कडायतले बताए ।

Leave A Reply

Your email address will not be published.