बैतडीमा रुखले च्यापिएर एक किशोरको मृत्यु

काठमाडौं– बैतडीमा रुखले च्यापिएर एक किशोरको मृत्यु भएको छ । पाटन नगरपालिका– ५ अड्तोलाका १९ वर्षीय प्रकाश पाण्डेयको आफैले काट्दै गरेको सल्लाको रुखले च्यापिएर मृत्यु भएको हो ।

शुक्रवार बिहान करिब ९ बजेको समयमा घर नजिकैको जङ्गलमा सल्लाको रुख काटिरहेका पाण्डेय रुख ढल्दा च्यापिएर गम्भीर घाइते भएका थिए । मध्यान्ह १२ बजेको समयमा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिए ।

प्रकाश पाटन नगरपालिका –१ को स्थित सिद्धेस्वर मावि मेल्चौरामा कक्षा १०मा अध्यायनरत थिए । प्रकाश कलिलै उमेरमा अस्ताएपछि घरपरिवार शोकमा डुबेको छ ।

Leave A Reply

Your email address will not be published.