धनगढीमा शिक्षकका भाईको कुटाइबाट एक विद्यार्थी घाईते

काठमाडौं– शिक्षकका भाइले एक विद्यार्थीलाई कुटेका छन्। कैलालीको धनगढीमा शिक्षकका भाईको कुटपिटबाट ती विद्यार्थी घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१३ स्थित जनता माध्यमिक विद्यालयका शिक्षक नरेश भट्टका भाइको कुटपिटबाट सोही विद्यालयमा १० कक्षामा अध्ययनरत १६ वर्षीय प्रवीण राना घाइते भएका हुन्।

बाटोमा हिँडिरहेका बेला भाइलाई निर्घात कुटपिट गरिएको घाइते प्रवीणकी दिदी सिमाना रानाले बताइन्।सर र उनका भाइ चेतराज भट्ट मिलेर लट्ठीले भाइलाई कुटेको उनको आरोप छ। कुटपिटबाट घाइते प्रवीणलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको छ।

उनको खुट्टा र छातीमा चोट लागेको छ। यता शिक्षक भट्टले भने सामान्य विवाद भएको भन्दै यसलाई ठूलो बनाउन आवश्यक नभएको बताए।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.