दार्चुलाकाे नाैगाडमा ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्युु

काठमाडौं- दार्चुलामा ट्याक्टर दुर्घटना भएको छ। नौगाड गाउँपालिका-२ सुन्नमुन्न स्थित भित्री सडकखण्डमा ग्वाल्लेक निर्माण सेवा कम्पनीको सिमेन्ट बोकेको सुदूरपश्चिम प्रदेश ०२००१ त १४२९ नम्बरको ट्याक्टर ब्रेक फेल भई दुर्घटना भएको हो।

दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही निर्माण सेवा कम्पनीका ओभरसियर धनुषा नारायण नगरपालिका-५ गमरखोली बस्ने  ३२ वर्षीय राम सागर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.