कोठाबाट सहकारीको पैसा चोरी

दार्चुला- दार्चुलामा कोठाबाट सहकारीको पैसा चोरी भएको छ । केदारनाथ बचत तथा ऋण सहकारी संस्थाको जम्मा गर्नुपर्ने ३२ हजार रुपैयाँ चोरी भएको हो ।

महाकाली नगरपालिका–४ आर्मीगेट अगाडीको घरमा डेरा गरी बस्ने केदारनाथ सहकारीकी पैसा संकलन गर्ने कर्मचारी व्याँस गाउँपालिका–६ बडूगाउँकी मन्जु भट्टको कोठामा रहेको झोलाबाट रकम चोरी भएको बताइएको छ ।

सहकारीमा जम्मा गर्नुपर्ने १ लाख १७ हजार रुपैयाँमध्ये ३२ हजार रुपैयाँ सोमवार साँझ चोरी भएको र मंगलवार बिहान साढे ६ बजेको समयमा उक्त रकम मध्ये १४ हजार ढोका अगाडी राखेको पाइएको मन्जु भट्टले बताइन् ।

पैसा चोरी भएकोबारे प्रहरीमा निवेदन दिइसकेको उनको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पैसा चोरी भएको कोठाको चाबीताल्चा तोडिएको छैन् ।

Leave A Reply

Your email address will not be published.