दार्चुलामा कर्मचारी युनियनको संगठन विस्तार र सुदृढीकरण सम्बन्धी अन्तरक्रिया

दार्चुला –  नेपाल निजामति कर्मचारी युनियन जिल्ला शाखा दार्चुलाको आयोजनामा संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धी अन्तरक्र्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

बुधवार नेपाल निजामति कर्मचारी युनियन दार्चुलाका अध्यक्ष बीरेन्द्र सिंह धामीको अध्यक्षतामा भएको अन्तरक्र्रिया कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियन केन्द्रीय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्म देउवा प्रमुख अतिथि रहेका थिए ।

निजामति कर्मचारीहरुलाई एकताबद्ध भएर थप सशक्त हुन केन्द्रीय कार्यक्रम अनुसार अभियान थालिएको कर्मचारी युनियन दार्चुलाका अध्यक्ष बीरेन्द्र सिंह धामीले जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा कर्मचारीहरुका पेशागत हकहितका लागि वकालत गर्ने, युनियनमा नयाँ सदस्यता आवद्ध गराउने तथा संगठन सुदृढीकरण गर्ने विषयमा छलफल भएको नेपाल निजामती कर्मचारी युनियन दार्चुलाका सचिव राकेश धामीले बताए ।

दार्चुला जिल्ला सदरमुकाम खलंगामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा निजामति कर्मचारी युनियनका केन्द्रीय सदस्य कमलापति भट्ट, त्रैलोक्य जोशी, डम्बर सिंह थापा, विष्णु दत्त बडू लगायत नेपाल निजामति कर्मचारी युनियनमा आवद्ध दार्चुला जिल्लामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.