बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु

काठमाडौं– बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु भएको छ। भेटघाटका लागि ससुराली गएका सिगास गाउँपालिका–३ गजिणका ५० वर्षीय देव लुहारको ससुरालीमै मृत्यु भएको हो।

सिगास–९ गन्सुरमा साला नाता पर्ने कमल विकको घर गएका लुहारको बिहीवार एक्कासी श्वासप्रश्वास बढ्नुका साथै खोकी लागेपछि मृत्यु भएको बताइएको छ। उनी फागुन ९ गते गन्सुर गएको बुझिएको छ।

घटनाबारे अनुसन्धान भइरहेको र पोष्टमार्टमपछि मात्रै थप कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।

Leave A Reply

Your email address will not be published.