कांग्रेस प्रतिनिधिमण्डल भोलि भारत जाँदै

दार्चुला – नेपाली कांग्रेसको प्रतिनिधिमण्डल भोलि बिहीवार भारत भ्रमणमा जाने भएको छ ।

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)  र भारत सरकारसँग सम्बन्ध सुधारका लागि कांग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो ।

भाजपाका वैदेशिक मामिला विभागका प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा कांग्रेसको एक टोली भारत जान लागेको हो ।

यसअघि भाजपाका वैदेशिक मामिला विभागका प्रमुख चौथाइवालेले भदौको पहिलो हप्ता कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतको निमन्त्रणामा नेपाल भ्रमण गर्नुभएको थियो । त्यस क्रममा उहाँले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता तथा उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.