कैलालीकाे खानीडाँडामा प्रहरी र सहचालकबीच झड्प

काठमाडौं- कैलालीको खानीडाँडामा अस्ति ट्रक र खलासीलाई कारबाही गर्न खोज्दा झडप भएको छ। प्रहरीले ओभरलोड रहेको ट्रक र सहचालक (खलासी) लाई नियन्त्रणमा लिएर जरिवाना काट्ने क्रममा विवाद भएर आपसमा झडप भएको हो।

झडपका क्रममा खलासी रोशन बिष्ट अस्थायी प्रहरी पोष्ट खानीडाँडाका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) मिनबहादुर रावतसहितका प्रहरीद्वारा कुटिएका हुन्। रावतले धनगढीबाट बाजुरा जाने क्रममा ओभरलोड रहेको ट्रक इन्ट्री गर्ने क्रममा विवाद भएको थियो।

त्यहाँ विवादका क्रममा ट्राफिक प्रहरीसहित सादा पोसाकमा नेपाल प्रहरीको टोली थियो। खलासीले इन्ट्री नगर्न नमानेपछि विवाद भएको प्रहरीको भनाई छ।

यता, अस्थायी प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) रावतले भने सो विवाद सामान्य भएको र साम्य भैसकेको बताएका छन्।

Leave A Reply

Your email address will not be published.