भारती मानन्धरले गरिन् विष सेवन

काठमाडौँ– नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन् ।

मंगलबार साँझ ४ बजेको आसपास भारतीले विषय सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ ।

अहिले भारतीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर रहेको बाँके प्रहरीले जनाएको छ । उनले किन विष सेवन गरेकी हुन् थाहा हुन नसकेको र त्यस विषयमा अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.