बेलौरी नगरपालिका–९ का वडाध्यक्षसहित ६ जना पक्राउ

काठमाडौं– कञ्चनपुरमा एक वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिकास्थित वडा नम्बर ९ का वडाध्यक्ष किसन सिंह रानासहितका ६ जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले उनीहरुलाई पक्राउ गरिएकोमा आज (आइतबार) अदालतबाट म्याद थपसमेत गरिएको जानकारी दिए। उनका अनुसार उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय बेलडाँडीले मुद्दा चलाएको थियो।

उनीहरूलाई बेलौरी नगरपालिका– ९ कै स्थानीय १८ वर्षीय अनुश राना मृत फेला प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। कार्तिक २४ गते झुन्डिएको अवस्थामा फेला परेका रानाका बुबाले आत्महत्या दुरुत्साहनमा उनीहरूविरुद्ध किटानी दिएका थिए। सोही किटानीको आधारमा सबैलाई समातेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। वडाध्यक्ष राना नेपाली काँग्रेसबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए।

Leave A Reply

Your email address will not be published.