ऐतिहासिक गोकुलेश्वर मेला तथा महोत्सवको तयारी अन्तिम चरणमा

दार्चुला– शुक्रबारदेखि झण्डै ६ दिनसम्म सञ्चालन हुने शिवरात्री मेलाको लागि यतिखेर शैल्यशिखर नगरपालिका ९ स्थित गोकुलेश्वर बजार क्षेत्रमा चहलपहल बढेको छ ।

यसैबिच शिवरात्री मेलाको अवसर पारेर गोकुलेश्वरमा “कृषि पर्यटन हाम्रो सान, संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ वृहत सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ ।

शिवरात्री मेलाको अवसरमा आयोजित गोकुलेश्वर वृहत् सांस्कृतिक महोत्सवको आयोजकमा वाइड नेपाल रहेको छ भने महोत्सव फागुन २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने कार्यक्रम संयोजक पूर्ण बहादुर साउँदले जानकारी दिएका छन् ।

सांस्कृतिक महोत्सवमा यस वर्ष पनि विगतका वर्षहरुमा झैं राष्टिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने संयोजक साउँदले बताए ।

७ दिनसम्म सञ्चालन हुने गोकुलेश्वर वृहत सांस्कतिक सांस्कृति महोत्सवको मुख्य प्रायोजकमा क्वालिटी आल्मुनियम स्टिल्स युपिभिसी रहेको छ। महोत्सवको सम्पर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.