पुर्चौडी नगरपालिकाको प्रशासकीय भवन निर्माणकार्य सम्पन्न

काठमाडौं– बैतडीको पुर्चौडी नगरपालिकाको प्रशासकीय भवन निर्माणकार्य सम्पन्न भएको छ । संघ प्रदेश र स्थानीयतहको ६ करोड ७६ लाख ६८ हजार लागतमा पाँच तले नयाँ प्रशासकीय भवन निर्माण भएको हो ।

नगरपालिकाको वडा नं ३ हाटमा लिप्ट सहितको पाँच तले सुविधा सम्पन्न प्रशासकीय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत विनोद कुमार कुँवरले जानकारी दिए । भवन निर्माण सम्पन्न पछि झ्याल ढोका र रंगरोगनका काम सकेर बाहिर पट्टीको केहि काम मात्रै बाँकी रहेको बताइएको छ ।

भवन निर्माणको ५/७ प्रतिशत काम मात्रै बाँकी रहेकाले हस्तान्त्रण पछि नयाँ भवनमा प्रवेश गरिने प्रमुख प्रशासकीय अधिकृत कुँवरले बताए । वाई आर कन्सट्रक्सन कञ्चनपूरले निर्माण गरेको ५ तले भवनमा २६ ओटा कोठा छन् । एक /एक कन्फ्रेन्स र मल्टिप्रपोज हल छन भने १६ ओटा शौचालय रहेका छन् ।

२०७७ बाट निर्माण कार्य शुभारम्भ गरिएको यो भवन झण्डै चार वर्ष पछि सम्पन्न हुँदै छ । नगरपालिकाले भाडाका भवनहरुबाट सेवा दिदै आएकोमा अब सहज हुने भएको छ । भवन बनेपछि कामकाज गर्न सजिलो हुने कर्मचारीहरुले बताए । यो भवन वाई आर कन्सट्रक्सन कञ्चनपूरले निर्माण गरिरहेको छ । निर्माण कम्पनीले पनि भवनको थोरै काम बाँकी रहेको र छिट्टै हस्तान्त्रण गरिने बताएको छ ।

Leave A Reply

Your email address will not be published.