चिसापानीको कर्णाली पुलमा आगलागी

काठमाडौं– कैलालीको चिसापानीस्थित कर्णाली पुलमा भयानक आगलागी भएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको एक मालबाहक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।

ट्रकबाट निस्केको आगोको लप्काले पुलको तारमा पनि भेटेको छ । लम्कीचुहा नगरपालिकाको दमकल घटनास्थलतर्फ गईरहेको बुझिएको छ ।

लाइटर बोकेको ट्रकमा आगलागी भएको बताउँदै कैलालीका डीएसपी कुलदीप चन्दले आगो निभाउने प्रयास भइरहेको जानकारी दिए ।

 

 

 

Leave A Reply

Your email address will not be published.