भारतमा रेलले किचेर एक नेपालीको मृत्यु

काठमाडौं– भारतको सिलगुडीमा रेल दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा भद्रपुर नगरपालिका–५ का ५० वर्षीय विष्णु शर्मा रहेको सिलगुडी प्रहरीले जनाएको छ। शर्मा लक्ष्मी नारायण मन्दिरका पुजारी हुन्। उनी गत बुधबार काम विशेषले सिलगुडी गएका थिए।

घर फर्किनका लागि दिउँसो रेल जक्सन पुगेका थिए। । जंक्सन पुग्दा कटिहार–सिलगुडी इन्टरसिटी एक्सप्रेसको ४ नम्बर प्लेटफार्मबाट हिँडिसकेकाउनी दौडिएर रेल चढ्न खोज्दा खुट्टा चिप्लिएर दुर्घटनामा परेका थिए।

रेलको चक्कामुनी परेका उनलाई तत्काल भारतीय रेल्वे प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो।

उनको उपचारका क्रममा आज विहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। उनको शवको कानुनी प्रक्रिया पूरा गरी आजै भद्रपुर ल्याउने तयारी भइरहेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.