बैतडीको डिलाशैनीमा कोदालोले हिर्काएर श्रीमतीको हत्या

काठमाडौं–  बैतडीमा एक जनाले कोदालोले हिर्काएर आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ७ धामी गाउँका ६५ वर्षिय कृष्ण धामीले कोदालोले हिर्काएर आफ्नै ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या गरेका हुन् । यस्तै घरमा डेरा गरेर बसेका माथि पनि उनले हातपात गरेको बताइएको छ ।

घरमा डेरा गरेर बसेका गाउँपालिकाका कर्मचारी सुबास कलौनी र कार्यालय सहयोगी देव राज भट्टलाई कोदालोले हिर्काएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक एंव सुचना अधिकारी नन्दराज जोशीले मालिकार्जुन खबरलाई बताए ।

कोदालोले हिर्काउँदा दुवै कर्मचारी गम्भीर घाइते भएका छन् । बिहीबार बिहान ९ बजे कृष्णले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका तिनै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागी लैजाँदै गर्दा श्रीमतीको बाटोमै मृत्यु भइसकेको र गम्भीर घाइते भट्ट र कलौनीलाई थप उपचारका अन्यत्र लैजान सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाइएको प्रहरी निरीक्षक जोशीले बताए ।

कोदालो प्रहार गर्ने धामीाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारण खुलेको छैन् । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.