विनोद चौधरीबारे सभामुखलाई किन पत्र लेखेको ? भन्दै गृहमन्त्रीलाई बडूको प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले सांसद विनोद चौधरीमाथि छानबिन गर्दैछौं भनेर सभामुखलाई पत्र लेख्नुको कारण उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसद बडूले संविधानमा फौजदारी कसुरमा अनुसन्धानका लागि सांसदलाई पक्राउ गर्दा मात्र सभामुखलाई जानकारी गराउने संवैधानिक व्यवस्था रहेको स्मरण गरे । तर सांसद चौधरीको हकमा छानबिन गर्दैछौं भनेर पत्र पठाइएको भन्दै उनले भने, ‘ह्यारेसमेन्ट गर्ने मात्र उद्देश्य हो कि रु आफ्नो ठाउँ लिइहाल भनेर हो कि रु पूर्वाग्रह राखेको हो ?’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हालै मात्र सभामुखलाई पत्र लेखेर बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको विषयमा सांसद चौधरीबारे अनुसन्धान भइरहेको जानकारी गराएको थियो । त्यसको भोलिपल्ट चौधरीले सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेर बयान दिएका थिए ।

Leave A Reply

Your email address will not be published.