अत्तरिया उधोग बाणिज्य संघका अध्यक्षद्धय प्रहरी समक्ष हाजिर

काठमाडौं– अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा र निबर्तमान अध्यक्ष अशोकराज देबकोटा प्रहरी समक्ष हाजिर भएका छन् ।

बुधबार उनिहरु कैलाली प्रहरी कार्यालय पुगेर सम्पर्कमा गएका हुन । झन्डै एक महिना सम्म उनिहरु फरार थिए। गत पुष/ माघमा अत्तरिया प्रादेशिक महोत्सवमा नक्कली टिकट ठेली प्रकरणमा उनिहरुको नाम मुछिएको थियो ।

त्यसपछि प्रहरीले घटना को अनुसन्धान गर्न उनिहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भए पछि उनिहरु फरार रहंदै आएका थिए ।

महोत्सव जारी रहँदा संघ कै पदाधिकारीले झन्डै २५ बढी नक्कली ठेली बरामद गरेका थिए ।

संघले नै दिएको किटानी जाहेरी अनुरुप प्रहरीले हिरासतमा लिएर संघका महासचिव शंकर खड्का , सचिब दिलिप कुमार साउँद , कार्य समिति सदस्य बम बहादुर बोगटी लगाएत अन्य को बयान लिइसकेको छ ।

उनिहरु केही दिन अघि हाजिर जवानीमा छुटेका छन् । नक्कली टिकट सरकार को ल्याब प्रयोगशालाले पनि पुष्टि गरिसकेको छ । घटना को अनुसन्धान जारी नै रहेको कैलाली प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.