दार्चुलामा भिरबाट लडेर वडासचिव गंगारामको मृत्यु

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ डाडाकोटस्थित भिरबाट लडेर वडा सचिवको मृत्यु भएको छ। गाउँपालिकाको केन्द्र पस्तीबाट डाडाकोट जाने क्रममा वडा सचिव ४० वर्षीय गंगाराम लुहारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घटना बिहीबार भएको र प्रहरिले शुक्रबार जानकारी पाएको जनाएको छ।

उनी हिजो बेलुकीतिर लडेको हुनसक्ने प्रहरीले अनुमान गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.