हाजिर जमानीमा छुटिन् अनेरास्ववियुकी निलम्बित स्थायी कमिटी सदस्य रक्षा बम

काठमाडौं– आपराधिक लाभ लिएको अभियोगमा पक्राउ परेकी अनेरास्ववियुकी निलम्बित स्थायी कमिटी सदस्य रक्षा बम हाजिर जमानीमा छुटेकी छन्। बिहीबार राति उनलाई हाजिर जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार थुना बाहिर नै राखेर अनुसन्धान गर्न सकिने भएकाले सरकारी वकिल कार्यालय काठमाडौंमार्फत छाडिएको हो।

उनलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले गत मंगलबार पक्राउ गरेको हो। उनीविरूद्ध एक जना महिलाले जाहेरी दिएकी थिइन्। यसमा अझै पनि प्रहरीले अनुसन्धान गरिरहेको एसपी अधिकारीले बताए। उनी पक्राउ परेपछि नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले स्‍थायी कमिटी सदस्य बमलाई निलम्बन गरेको थियो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.