इतिहासमा लेखेको नेपाल।
नेपाल, नेपाल नै थियो
हिजोको त्यो सुन्दर शान्त भनिएकाे
खनिज,जल सम्पदामा गनिएको
विध्वंसकारीहरुको हतकेलामा पारेर
यता कुर्सी मै लुछातानी गरेर
उता सिमाना सारेर
सुन्दर शान्त र विशाल देश नेपाल
भन्न पनि राखेनन
देशलाई खोक्रो पारी,
कुल्च्याए,लुछातानी मै सकेछन।
कोही आएनन मातृभूमिलाई सिंगार्ने
यहाँ कोही छैनन,देशको ढुकुटी सुधार्ने
यहाँ भुडीवाला तानालुछी मै छन
पेट भरेकै छ्न खुसीमै छन,
शासन सत्ता हातमै छ,
तानाशाही लुछीमै छन सबै खुसीमै छन।।
गरिबलाई भूमरिको चपेटामा पारेर
युवा जति सबै मुग्लान र सिमा पारी सारेर
सत्ता सत्तामै टाँसिएका,
अरिंगालहरु कोही रहेनन् बाकी,
उहीँ ताल मै छन उहीँ गाल मै छन
उहीँ जालमै छन पूर्व मेची,
पश्चिम महाकालीको नाम,
निशाना मेटाउने दाउ पो हो कि
गोर्खालीलाई बिर्सेको त्यो घाउ पो हो कि??
ईतिहास बिर्सिएको त्यो पाउ पो हो कि?
सबै छिमेकीकै पाउ मसार्न पो पुग्छ्न,
कालापानी बिर्सिने दाउ पो हो कि
लिपुलेकले सुल्झाएको घाउ पो हो कि?
सत्तामा पुगेपछि कोही चुइक्क नबोल्ने
छिमेकीको गुलाम बन्ने आउ पो हो कि त्यो
तिम्रो सांहु पो हो कि बलभद्रको भक्ती।
बिर्यौकी बिरताको रक्ती बिर्स्यौकी ।
तागत संग लड्ने बिरको क्षमता र बलिदानको शक्ति बिर्स्यौकी
इतिहासको पाउं नढाल बिदेशीको शक्ति न
अंगाल मेरो स्वधिनताको देश प्यारो छ ।
जति सक्छौ जोगाउन खोज
मलजल लगाउन खोज
सुन्दर हरियालीमै सजाउन खोज चाहिदैन
भो ठूला इतिहासका ठडी
जे जस्तो छ जोगाउन खोज
सजिएजती सजाउन खोज
तर विध्वंस नपार।।
लेखक : कोसिस धामी (खडक) सुदूरपश्चिम नेपाल,
दार्चुला मार्मा ६ हाल प्रवास :पोल्यान्ड
धामी पुर्व सञ्चारकर्मी हुन् ।