काठमाडौं– स्पेनिस ला–लिगामा बार्सिलोना विजयी भएको छ । १० खेलाडीमा सिमित लस पालमासमाथि १–० को जित निकाल्दै बार्सिलोना बिजयी भएको हो ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्साले दोश्रो हाफको ५९ औँ मिनेटमा राफिन्हाले जोआओ फेलिक्सको पासमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए ।
जितसँगै बार्सिलोनाले ३० खेलबाट ६७ अङ्क बटुलेको छ । शनिबारनै भएको ला– लिगाका अन्य खेलहरुमा सेभियाले गेटाफेलाई १–० गोलले हरायो भने ओसासुनाले अल्मेरियामाथि ३–० को जित हासिल गर्यो । भ्यालेन्सिया भने मायोर्कासँग गोलरहित बराबरी मा रोकियो ।