सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। मुख्यमन्त्री शाहले भर्खरै प्रदेश प्रमुखलाई राजीनामा दिएको स्रोतले जानकारी दिए।

प्रदेश सभा बैठक अगाडि उनले राजीनामा गरेका हुन्। मुख्यमन्त्री शाहले बिहीवार ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा बैठक स्थगित गरिएको थियो। त्यसपछि ५ बजेका लागि बैठक डाकिएकोमा मुख्यमन्त्रीले राजीनामा दिएका हुन्।

अल्पमतमा परेपछि उनको आज विश्वासको मत लिने अन्तिम दिन थियो। तर उनले विश्वासको मत नलिएर राजीनामाको बाटो रोजेका हुन्। सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र र समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह फागुनको २३ गतेदेखि अल्पमतमा परेका थिए। अहिले मुख्यमन्त्री शाहले प्रदेश प्रमुखलाई राजीनामा दिएपछि सरकार कामचलाउ बनेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.