श्रीमतीको जाहेरीपछि ओडविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं– नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध बलात्कारको मुद्दा परेको छ। हालै चैत २० गते उनकै श्रीमतीले रबिविरुद्ध बलात्कारको जाहेरी दिएकी छिन्।

कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत पत्नीले जाहेरी दिएकोमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्सपेक्टर पुष्कर पन्तले जाहेरी परेर अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको बताए। यस्तै उनले फरार रहेका उनलाई पक्राउ गर्ने तयारी रहेको समेत जनाए।  ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो। उनी नेपाल आइडलबाट चम्किएर गायक बनेका थिए।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.