काठमाडौं– जिवन कुन मोड पुगेर अन्त्य हुने हो अथवा जिवनमा कुन बेला विपत्ति आइपर्ने हो कसैलाई पत्तो हुँदैन । यस्तै बैतडीका पत्रकार कृष्ण विष्टको जिवनमा पनि एक दुःखद घटना घट्न पुगेको छ । कृष्ण विष्टको दैनिकी सामान्यता संञ्चारकर्मबाटै सुरु हुने गर्दथ्यो ।
देश, विदेशका साथै स्थानीय सामाचमाहरु विष्टले रेडियो मार्फत प्रसारण गर्दै आइरहेका थिए । तर शुक्रबार उनको जिवनमा बज्रपात नै प¥यो ।
बिहिबार राति बैतडीमा ट्याक्टर दुर्घटना भएको थियो । उनले राति त्यही सामाचार प्रसारण गरेका थिए । तर विहान जब उनले घटना स्थलमा मृत्तकको शव देखे त्यसपछि विष्टको होस नै उड्यो । किनकी घटनामा उनकै बुवाको निधन भएको थियो ।
कृष्ण विष्ट अन्नपूर्ण पोस्ट् र एपीवान टेलिभिजनका बैतडी सम्वाददाता हुन । उनी बैतडीको सूचनामा दख्खल राख्ने व्यक्ति पनि हुन । विष्ट स्थानीय सेभेन स्टार रेडियोमा समाचार प्रमुख छन । रेडियोको बिहानको समाचार बनाउने र वाचनको ड्युटी उनकै हुन्छ । शुक्रबार एका बिहानै उनी रेडियोमा गए ।
खोड्पेबाट बझाङ जाने सडकमा ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको खबर आयो । उनले प्रहरीलाई घटनाको सबै विवरण मागे । प्रहरीले ट्याक्टर दुर्घटनाको सबै विवरण दियो पनि ।
प्रहरीले दिएको सूचनामा ट्याक्टर चालक राजेश चौधरी र एकजना सनाखत हुन नसकेको व्यक्तिको मृत्युको खबर उनले आफै लेखे पनि । त्यो खबर आफ्नो रेडियोमा पढे । अन्नपूर्ण पोस्टको अनलाइनमा पनि पठाए । एपीवान टेलिभिजनको जिल्ला ब्युरोको फेसबुक ग्रुपमा उनले फोटो भिडियो पनि पठाए ।
समाचार अनलाइनमा प्रकाशित भयो,टीभीमा बज्यो । तर, कृष्णको पत्रकारिताप्रतिको सक्रियता त्यत्तिकैमा सकिएन । उनले घटनास्थल जाने निधो गरे ।घटनाको प्रारम्भिक खबर सबैतिर फैलिसकेको थियो । मोटरसाइकल समाते र घटनास्थलतिर लागे । उनी घटनास्थल नजिकैको खोडपे बजारमा बस्छन ।
उनले काम गर्ने स्थानीय रेडियो पनि खोड्पे बजारमै छ । खोड्पेबाट झण्डै ६,७ किलोमिटरको दुरीमा रहेको दुर्घटनास्थल झौलेक मोडमा उनी पुगे । उनले पहिला दुर्घटनाग्रस्त ट्याक्टरको तस्बीर खिचे । चालक र नजिकैको रुखमा अंगालो हालेर रक्ताम्य भएका सनाखत हुन नसकिएका भनिएका व्यक्तिको पनि तस्बिर आफ्नो क्यामेरामा कैद गरे ।
दुर्भाग्य रुखलाई अंगालो हालेर रक्ताम्म अवस्थामा भेटिएका व्यक्ति अरु कोही नभइ उनकै बुवा मन्धीर विष्ट हुन्छन । उनले तस्बिर खिचेर सडकमा आइसकेपछि मात्रै त्यो तस्बिर बुवाको नै भएको थाहा पाएका थिए। दुर्घटनामा घाइते भएकाले उनले गुहारका लागि रुखलाई अंगालो हालेको अनुमान लगाउन सकिन्छ ।